

दाङ, ११ कात्तिक। थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नम्बर १ दाङ देउखुरीले सञ्चालन गरेको ‘एक घर एक किलो चामल दान अभियान’ अन्तर्गत संकलित राहत सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ।
विपद् प्रभावित नागरिकलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तरगत संकलित सामग्री बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको रोहबरमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गएिको हो।
Advertisement

Advertisement
Advertisement
सभाले लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छोट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत संकलन केन्द्र स्थापना गरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलन गरेको थियो ।
तीनवटा संकलन केन्द्रबाट ३३ हजार २७ किलोभन्दा बढी चामल संकलन भएको छ। त्यस्तै १ हजार १ सय ५ किलो दाल, २ हजार ४ सय ३३ किलो नुन, १ सय ७७ लिटर तेल, २ सय ९८ किलोभन्दा बढी लसुन, २ सय २ किलोभन्दा बढी बेसार, २२ किलोभन्दा बढी खुर्सानी, ३५ किलोभन्दा बढी गहुँ र ४० किलो पिठो संकलन गरिएको छ। यसका अतिरिक्त चाउचाउ र सोयाबीनलगायतका खाद्य सामग्री पनि संकलन गरिएको थियो।





