

काठमाडौं,११ कात्तिक। नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) को डेरासहित काठमाडौंका विभिन्न घरमा चोरी गरेको आरोपमा प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय लल्लु पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी छन् ।
Advertisement

Advertisement
Advertisement
प्रहरीका अनुसार, उनीहरुले कलंकीको तासिङडोलमार्गस्थित किसन सिंह बस्नेतको घर, सांसद थपलियाको डेराकोठा र रञ्जित कोलोनीस्थित निरञ्जन नेपालको घरमा चोरी गरेका थिए ।
दशैंलाई लक्षित गरी चोरी गरेका उनीहरु चोरीका सामान पोका पारेर भारत जाने तयारीमा रहेका बेला पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए ।
प्रहरीले उनीहरुबाट सुनचाँदीका गरगहनासहित ३२ थान गरगहना तथा भाँडावर्तन बरामद गरेको छ। चोरीका सामान भारत लगेर बेच्ने उनीहरुको योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।





