

कपिलवस्तु,११ कात्तिक। कपिलवस्तुको वाणगंगा नगरपालिका–३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४, गजेहडाकी ६३ वर्षीया जलिया थारु रहेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
प्रहरीका अनुसार, बुधबार वाणगंगा नगरपालिका–१ का ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले थारुलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।





