

काठमाडौं,११ कात्तिक। अमेरिकाबाट कुरियरमार्फत काठमाडौं ल्याइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतका २३ वर्षीय भवर सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।
Advertisement

Advertisement
Advertisement
ब्यूरोका डीएसपी जीवन निरौलाका अनुसार, अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
कमेन्ट गर्नुस्





