

काठमाडौं,११ कात्तिक। प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफ रहेका छन्।
Advertisement

Advertisement
Advertisement
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भन्सार छलेर गरी अवैध रुपमा चाँदीका तयारी गरगहना ल्याइएको सूचनाका आधारमा सर्राफ बस्ने कोठामा छापा मारेर उक्त परिमाणको चाँदी बरामद गरेको हो।
पक्राउ परेका सर्राफलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।





