

भैरहवा,११ कात्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले सार्वजनिक सडक तथा सडकपेटीमा कृषि उपज सुकाउने, कृषि अवशेष (छवाली) जलाउने र आवागमनमा अवरोध हुने गरी सामग्री राख्ने कार्य नगर्न नगरवासीलाई आग्रह गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै धान, पराल, छवालीलगायतका कृषि उपज सडक तथा सडकपेटीमा सुकाउँदा पैदलयात्री र सवारीसाधनको आवागमनमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढेको जनाएको छ।
Advertisement

Advertisement
Advertisement
सडकमा कृषि अवशेष खुला रुपमा जलाउँदा माटोमा रहेका सूक्ष्म जीवाणुको गतिविधिमा असर पर्ने, वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पर्ने भन्दै सडकमा राखिएका अवरोधजन्य सामग्री समेत तत्काल हटाउन आग्रह गरेको छ।
सविधानसभा सदस्य एंव नगरप्रमुख इश्तियाक अहमद खाँद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक सडकको संरक्षण, दुर्घटना न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम राख्नु सबै नगरवासीको कर्तव्य भएको उल्लेख छ।
सूचनाको अवज्ञा गरी सडक अवरुद्ध गर्ने, जनसुरक्षामा जोखिम उत्पन्न गर्ने वा वातावरण प्रदूषण गर्ने कार्य गरेमा प्रचलित कानुनबमोजिम कारवाही गरिने नगरपालिकाले जनाएको छ।





