
भैरहवा,२५भदौ । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। मन्त्री कुर्मीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए ।
बाँकेको निर्मलादेवी कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा मुछिएका कांग्रेस सांसद कुर्मी मन्त्रीमा नियुक्त भएपछि विरोध भएको थियो । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । कुर्मीविरुद्ध कर्तव्य ज्यान र ठगी मुद्दामा अनुसन्धान जारी रहेको छ ।
Advertisement

Advertisement
Advertisement

उनी साउन ९ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए । साउन १८ गते उनलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको थियो । गत निर्वाचनमा उनी बाँकेको निर्वाचन क्षेत्र नं ३(२ं)बाट निर्वाचित भएका थिए ।

