


दाङ,२ असोज। उमेरले ६० वर्ष पुगे सुर्खेतका दिलबहादुर शाही । दसैं पर्व आउन लागेकोमा नागरिकमा खुशीयाली छ। सबै खर्चको जोहोमा छन् । तर, दसैं नजिकिदै गएसँगै शाहीलाई पर्वको खर्चको सताउन थाल्यो। त्यसपछि उनले प्रदेश सरकारका मुख्यमन्त्रीलाई भेट्ने सोच बनाए। र, शिरमा ढाका टोपी ढल्काएर र खुट्टामा प्लाष्टिकको चप्पल लगाएर पिठ्यूमा भारी बोकी उनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीका लागि हिडे।
बुधवार उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गरे। र, घरबाटै ल्याएको हातले बनाएको काठको कोसीले उनले मुख्यमन्त्रीलाई कोसेलीको रुपमा दिए। ‘यो काठको कोसी हो । हातैले बनाएको हो। यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’उनले भने ,‘मुख्यमन्त्री ज्यू, दसैं आईहाल्यो त । खर्च चाहिएको थियो।’

दसैं खर्च माग्न यसपटक शाही एक्लै प्रदेश राजधानी सम्म आईपुगेका हुन्। ‘साथिहरु आउन थालेका थिए । गाडी चढ्न डराए’, उनले भने,‘मरे मै मरुला भनेर एक्लै आएँ ।’
राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ताबापत मासिक चार हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । राउटे समुदाय हरेक बर्ष दसैंको खर्चको लागी प्रदेश सरकारमा आउने गरेका छन्। मुख्यमन्त्री आचार्यले राम्रो संग दसैं मनाउन दिलहादुर मार्फत सन्देश पठाएका छन्।

