
भैरहवा,७असोज। नेपाली कांग्रेस क्षेत्र नंम्बर ३, रूपन्देहीले पार्टीका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ ।
भैरहवामा भएको कार्यक्रममा नेता खाणले वर्तमान गठबन्धन सरकार निर्माणको औचित्य र चुनौतिहरु, शान्ति प्रक्रिया, अन्य राजनैतिक दलका गतिविधिहरु, कांग्रेसका नेता–कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विकासका गतिविधिहरुबारे भनाइ राखेका थिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले आगामी कार्तिक ३० देखि मंसिर १ गतेसम्म आयोजना गर्न लागेको प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको दुईदिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम आफैमा महत्वपूर्ण र रुपन्देही जिल्लाको लागि नै गौरवको विषय भएको बताए । उनले यो कार्यक्रमलाई सफल बनाउन सबैजना लाग्नुपर्नेमा जोड दिए ।
कांग्रेस रुपन्देही–३ का क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वर्तमान राजनैतिक अवस्था, पार्टीको संगठन विस्तार र विकास, विभिन्न चुनौतीहरु र भोलिको दिनमा कांग्रेसको बाटो लगायतका विषयहरुमा छलफल भएको क्षेत्रीय सभापति गुरुङले जानकारी दिए ।
कार्यक्रममा कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का, शुद्धोधनका सभापति दामोदर पौडेल, सियारीका सभापति गोपाल पाण्डे, महाधिवेशन प्रतिनिधि बसन्त कुमार लाल कर्ण, सन्तराम चौधरी, क्षेत्रीय सह–ससचिव कुल प्रसाद न्यौपाने, शुद्धोधन–६ का सभापति उपेन्द्र साहनी, सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सियारी–७ का सभापति महेन्द्रराज घिमिरे, सिद्धार्थनगर–९ का सभापति श्याम खनाल, १० का सभापति विजयनाथ धवल, सियारी–का सभापति श्रीराम यादव, तिलोत्तमा–१४ का सभापति चुरामणी भुसाल, सिद्धार्थनगर–४ का सभापति नरेन्द्र प्रसाद रौनियार, १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, नेपाल तरुण दलका नेता टीका जि.सी.ले भनाइ राखेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, कांग्रेस रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्याल, सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारु, संविधानसभा सदस्य नेतृ जन्नतुन निशा धुनिया, क्षेत्रीय सचिव भवानी शर्मा, कोषाध्यक्ष कृष्ण खनाल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम कांग्रेस क्षेत्र नम्बर ३ ‘ख’ का सभापति घनश्याम चालिसेको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

