Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा पूर्वगृहमन्त्री खाणले नेता कार्यकर्तासँग गरे छलफल
    प्रमुख समाचार

    भैरहवामा पूर्वगृहमन्त्री खाणले नेता कार्यकर्तासँग गरे छलफल

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ आश्विन ७, सोमबार १२:४९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,७असोज। नेपाली कांग्रेस क्षेत्र नंम्बर ३, रूपन्देहीले पार्टीका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ ।

    भैरहवामा भएको कार्यक्रममा नेता खाणले वर्तमान गठबन्धन सरकार निर्माणको औचित्य र चुनौतिहरु, शान्ति प्रक्रिया, अन्य राजनैतिक दलका गतिविधिहरु, कांग्रेसका नेता–कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विकासका गतिविधिहरुबारे भनाइ राखेका थिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले आगामी कार्तिक ३० देखि मंसिर १ गतेसम्म आयोजना गर्न लागेको प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको दुईदिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम आफैमा महत्वपूर्ण र रुपन्देही जिल्लाको लागि नै गौरवको विषय भएको बताए । उनले यो कार्यक्रमलाई सफल बनाउन सबैजना लाग्नुपर्नेमा जोड दिए ।

    कांग्रेस रुपन्देही–३ का क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वर्तमान राजनैतिक अवस्था, पार्टीको संगठन विस्तार र विकास, विभिन्न चुनौतीहरु र भोलिको दिनमा कांग्रेसको बाटो लगायतका विषयहरुमा छलफल भएको क्षेत्रीय सभापति गुरुङले जानकारी दिए ।

    कार्यक्रममा कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का, शुद्धोधनका सभापति दामोदर पौडेल, सियारीका सभापति गोपाल पाण्डे, महाधिवेशन प्रतिनिधि बसन्त कुमार लाल कर्ण, सन्तराम चौधरी, क्षेत्रीय सह–ससचिव कुल प्रसाद न्यौपाने, शुद्धोधन–६ का सभापति उपेन्द्र साहनी, सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सियारी–७ का सभापति महेन्द्रराज घिमिरे, सिद्धार्थनगर–९ का सभापति श्याम खनाल, १० का सभापति विजयनाथ धवल, सियारी–का सभापति श्रीराम यादव, तिलोत्तमा–१४ का सभापति चुरामणी भुसाल, सिद्धार्थनगर–४ का सभापति नरेन्द्र प्रसाद रौनियार, १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, नेपाल तरुण दलका नेता टीका जि.सी.ले भनाइ राखेका थिए ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, कांग्रेस रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्याल, सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारु, संविधानसभा सदस्य नेतृ जन्नतुन निशा धुनिया, क्षेत्रीय सचिव भवानी शर्मा, कोषाध्यक्ष कृष्ण खनाल लगायतको सहभागीता रहेको थियो ।

    कार्यक्रम कांग्रेस क्षेत्र नम्बर ३ ‘ख’ का सभापति घनश्याम चालिसेको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाली कांग्रेस बालकृष्ण खाण भैरहवा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.