
भैरहवा,७असोज। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले फेरी नियमित सेवा दिने भएका छ। यस अघि पनि हप्ता तीन दिन उडान देखि दैनिक उडान सेवा दिएको जजिराको बीच सेवा रोकिन पुगेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरा एयरवेजसँग विमानस्थल सञ्चालन हुने समय भित्र सेवा प्रदानका लागि उडान तालिका माग गरेका थियो । जसअनुसार जजिराले जाडोयामको सेवा प्रदानका गर्नका लागि तालिका सहितको पत्र पठाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार जजिराले ६ः२५ मा विमानस्थलमा आएर ७ः३० मा उडान गर्ने गरी अनुमतिका लागि पत्र पठाएको छ । पत्र स्वीकृत पश्चात जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा फेरी नियमित उडान सेवा प्रदान गर्नेछ।
विमानस्थल बन्द भइसकेको समय (रात) को समयमा एउटा मात्र जहाजका लागि सबै समय दिँदा सञ्चालन खर्च अनावश्यक बढ्ने भएकाले प्राधिकरणले जजिरालाई विमानस्थल खुलेको समयमा उडान राख्न आग्रह गरेको थियो ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाइ उडान संचालन गर्दा विभिन्न छुट र सहुलियत दिने जनाएको छ।

