
भैरहवा,७असोज। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ दक्षिण कोरिया प्रस्थान गरेका छन्। दक्षिण कोरियाको सियोलमा हुने स्वस्थ्य शहरहरुको लागी १० औँ विश्वव्यापी सम्मेलनका लागि सोमबार प्रस्थान गरेका हुन्।
राम्रो भविष्यका लागि स्मार्ट र स्वस्थ शहरहरू भन्ने मुल नाराका साथ असोज ९ गते देखि ११ गतेसम्म सम्मेलन संचालन हुने छ । उक्त सम्मेलनमा जापन, कोरिया, भारत, इजरायल, नेपाल, युक्रेन, श्रीलंका, पाकिस्तान, मेनमार, टोङ्गा, फिलिपिन्स, मलेसिया, पलाउ, इजरायल, कम्बोडिया र युक्रेन लगायतका देसशबाट करिब एक हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

सियोल मेट्रोपोलिटन सरकार र पश्चिमी प्रशान्त क्षेत्रमा स्वस्थ शहरहरूको लागि गठबन्धन द्वारा सह आयोजित उक्त सम्मेलनमा स्मार्ट, दिगो र स्वस्थ शहर निर्माणका लागि रणनीतिहरू बनाउने, उत्कृष्ट अभ्यासहरू आदान प्रधान गर्ने कार्यक्रम रहेको नगर प्रमुखका स्वकीय सचिव बरकत बादशाह शेखले बताए ।
उक्त सम्मेलनमा जलवायु परिवर्तनको समस्या, स्वास्थ्य क्षेत्रमा भैरहेका सकारात्मक अभ्यास र दिगो नगर विकासका लागि भएका अनुभवहरु राख्ने तथा अन्य मुलुकमा भएका सकारात्मक पहल सिकाईका लागि सम्मेलन महत्वपूर्ण हुने नगर प्रमुख खाँले बताए।

