Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » विश्व पर्यटन दिवसः लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’ को अवधारणा
    प्रमुख समाचार

    विश्व पर्यटन दिवसः लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’ को अवधारणा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ आश्विन ११, शुक्रबार १३:५० गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा,११असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले ‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको बताए ।

    ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ लुम्बिनी प्रदेशमा ४५ औं विश्व पर्यटन दिवस मनाईदैछ। ‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारको रुपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ’ मुख्यमन्त्री आचार्यले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसरहरु सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध छ ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलमा पुर्‍याउन लुम्बिनी पर्यटन सर्किट बनाउने गरी सरकारले काम थालेको मुख्यमन्त्री आचार्यको भनाई छ ।

    ‘लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । हिमाल यहीँ छ, पहाड यहीँ छ र समथर भू–भाग अनि अन्नको भण्डार पनि यही छ । मिनी नेपालको अनुभूति लुम्बिनी प्रदेशले दिएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायतका क्षेत्र यहाँको पर्यटन प्रवद्र्धनका आधारस्तम्भ हुन् ।

    सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रदेकोको प्रमुख पर्यटकीय गन्तव्य स्थल हो भने लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेशका १२ जिल्लामा पर्यटकीय स्थल, धार्मिक सम्पदा तथा निकुञ्जको भ्रमण गराउन प्रदेश सरकारले योजना बनाएको छ । हिमाल, पहाड र तराईलाई जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने योजना हो ।’

    लुम्बिनी प्रदेशमा पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक, साँस्कृतिक पर्यटन तथा पर्यापर्यटनको माध्यमबाट संरक्षण, विकास र प्रवद्र्धन गर्न सक्ने थुप्रै सम्भावनाहरु रहेको मुख्यमन्त्री आचार्यले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    घुमौं लुम्बिनी चेतनारायण आचार्य लुम्बिनी प्रदेश विश्व पर्यटन दिवस
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.