
भैरहवा,११असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले ‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको बताए ।
‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ लुम्बिनी प्रदेशमा ४५ औं विश्व पर्यटन दिवस मनाईदैछ। ‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारको रुपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ’ मुख्यमन्त्री आचार्यले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसरहरु सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध छ ।’
Advertisement

Advertisement
Advertisement

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलमा पुर्याउन लुम्बिनी पर्यटन सर्किट बनाउने गरी सरकारले काम थालेको मुख्यमन्त्री आचार्यको भनाई छ ।
‘लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । हिमाल यहीँ छ, पहाड यहीँ छ र समथर भू–भाग अनि अन्नको भण्डार पनि यही छ । मिनी नेपालको अनुभूति लुम्बिनी प्रदेशले दिएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायतका क्षेत्र यहाँको पर्यटन प्रवद्र्धनका आधारस्तम्भ हुन् ।
सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रदेकोको प्रमुख पर्यटकीय गन्तव्य स्थल हो भने लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेशका १२ जिल्लामा पर्यटकीय स्थल, धार्मिक सम्पदा तथा निकुञ्जको भ्रमण गराउन प्रदेश सरकारले योजना बनाएको छ । हिमाल, पहाड र तराईलाई जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने योजना हो ।’
लुम्बिनी प्रदेशमा पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक, साँस्कृतिक पर्यटन तथा पर्यापर्यटनको माध्यमबाट संरक्षण, विकास र प्रवद्र्धन गर्न सक्ने थुप्रै सम्भावनाहरु रहेको मुख्यमन्त्री आचार्यले बताए ।

