
बागलुङ,११असोज। सहकारी ठगी आरोपपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन् । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत अपचलन गरेको आरोपपछि उनी फरार भएका थिए।
एमालेबाट निर्वाचित मेयर नेपाली बचत रकम फिर्ता गर्ने सहमति गरेर ०८० जेठ ५ गते देखि फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो भने गत माघ १२ गते उनीविरुद्ध रेड नोटिस समेत जारी भएको थियो ।
Advertisement

Advertisement
Advertisement

भारतमा पक्राउ परेका उनलाई नेपाल ल्याउने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण बनाईदिन आग्रह गरेका थिए । उनीविरुद्ध सहकारी बचत रकम अपचलन गरेको आरोपमा मुद्दा दायर भइसकेको छ।
उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर सबै बचतकर्ताको ऋण तिर्ने दावी गरेका थिए।

