
भैरहवा,१२ असोज। सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो।
Advertisement

Advertisement
Advertisement

बैठकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
वर्षाका कारण परीक्षाहरू हाललाई स्थगित गर्ने, तत्काल अवरुद्ध भएका सडकहरू सञ्चालन ल्याउन पहल थाल्ने निर्णय समेत बैठकले गरेको उनले बताए। बैठकले अवरुद्ध भएका विद्युत, खानेपानी टेलिफोनको सूचारुका लागि पहल गर्न पनि निर्देशन दिएको जानकारी दिए।
प्राकृतिक प्रकोपबाट समस्या परेकाहरूले उद्दार तथा राहतका लागि प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीलाई सम्पर्क आग्रह गरिएको प्रवक्ता गुरुङले बताए। उनले उद्धार तथा राहतका लागि राज्यका सबै निकाय क्रियाशिल रहेको जिकिर गरे।

