
भैरहवा,१८ असोज। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका सामुदायिक कुकुरहरु बन्ध्याकरण एवं रेबिज भ्याक्सिनेसन कार्यक्रम सुरु गरेको छ।
सामुदायमा रहेका छाडा कुकुरको टोकाईबाट लाग्ने रेबिज रोगबाट नगरवासीलाई जोगाउन र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रम सचांलन गरिएको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ बताए। विगत तीन वर्ष देखि सिद्धार्थनगरले सामुदायिक कुकरको बन्ध्याकरण र रेबिज भ्याक्सिनेसन कार्यक्रम संचालन गर्दै आएको छ।
Advertisement

Advertisement
Advertisement

६ दिनसम्म सचांलन हुने उक्त कार्यक्रममा नगरका टोल टोलमा खटिएर कुकुरहरुलाई नियन्त्रणमा लिएर बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाइने सिद्धार्थनगर नगरपालिकाका कृषी तथा पशुपन्छी शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले बताए।
उनका अनुसार पहिलो दिन आईतवार ५५ बटा कुकुरलाई बन्ध्याकरण गरी रेबिज भ्याक्सिन लगाईएको छ भने कार्यक्रम सचांलन अवधिभर २ सय ५० बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिईएको छ ।

