
भैरहवा,२९असोज। नेपालको स्थानीय बजारमा दसैपछि एकैदिन सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ।
दसैपछि मंगलबार खुलेको बजारमा सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १०० सय रुपैयाँ र चाँदी १९ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।

