
भैरहवा,२९असोज। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै पहिलो वर्ग अन्र्तगत भलवारी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगंज वरपर पेट्रोलको मूल्य प्रतिलिटर १५६रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै दोस्रो वर्ग अन्र्तगत सुर्खेत र दाङ वरपर प्रतिलिटर १५८ र तेसो वर्ग अन्र्तगत काठमाडौं, पोखरा, दिपायल वरपर प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।

