


भैरहवा, १ कार्तिक। नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रूपन्देहीले पूर्व क्षेत्रीय कोषाध्यक्ष बाबुराम भट्टराईको निधनमा पाल्पाको अर्गलीमा शोकसभा गरको छ ।
सामाजिक, शैक्षिक तथा राजनैतिक व्यक्तित्व तथा पार्टीका पूर्व क्षेत्रीय कोषाध्यक्ष भट्टराईको ६८ वर्षको उमेरमा पाल्पाको तानसेन नगरपालिका–१४ स्थित अर्गलीमा निधन भएको थियो । उनको निधन भएको नवौं दिनको पुण्यतिथिमा सोमबार कांग्रेस रुपन्देही–३ ले शोकसभा गरेका हो ।

कांग्रेस क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङको सभापतित्व तथा पार्टीको नेता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाको आतिथ्यतामा शोकसभा भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले स्वर्गीय भट्टराईको पाल्पाका साथै रुपन्देहीमा सामाजिक, शैक्षिक क्षेत्रको विकास मात्र नभइ कांग्रेसको संगठन निर्माण, सम्बद्र्धन र विकासमा ठूलो योगदान रहेकाले उनको निधनले समग्र पार्टी पंक्तिलाई ठूलो क्षति पुगेको बताए ।
कार्यक्रममा कांग्रेस पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, जिल्ला उपसभापति झपेन्द्र गैरे, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मुक्तिराम गिरी, कांग्रेस नेता राजेन्द्र गोपाल श्रेष्ठ, महासमिति सदस्य कृष्ण बस्याल, जिल्ला प्रवक्ता शोभाखर न्यौपाने, रुपन्देही-३ ‘क’ का पूर्व सभापति तथा सिद्धार्थनगर-५ का वडाअध्यक्ष पूरन प्रसाद श्रेष्ठ, प्रदेशका उपसभापति गोविन्द बस्याल, तानसेन नगरपालिकाका सभापति सुवर्णमणि शाक्य, सिद्धार्थनगर नगर सचिव अनिल कुमार के.सी., वडा नम्बर ९ का सभापति श्यामसुन्दर खनाल, १० का सभापति विजयनाथ धवल, ११ का सभापति केदारनाथ कुर्मी, तानसेन नगरपालिका-१ का वडाअध्यक्ष सुनील बस्याल, ६ का वडाअध्यक्ष सागर महर्जन, १४ का सभापति दधिराम न्यौपाने, प्रदेश प्रतिनिधि डिल्लीराज अधिकारी, चतुर्भुज रेग्मी, युवराज पाण्डे, कृष्ण के.सी.लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेस रुपन्देही-३ का क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा शोकसभा भएको थियो ।

