
भैरहवा,२कार्तिक। जिल्ला प्रहरी परिसर भक्तपुरले स्रोत नखुलेको नगद ८ लाख ५० हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुलका ३७ वर्षीय शशीकान्त चौलागाई रहेको प्रहरीले जनाएको छ। प्रहरीलाई उनलाई रकमसहित विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामग्रीहरुसहित मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेका चौलागाई उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

