
भैरहवा, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा पार्टीले भैरहवामा विरोध प्रर्दशन गरेको छ।
रुपन्देही रास्वपाले राजनीतिक प्रतिशोध राखेर सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै विरोध प्रर्दशन गरिएको जनाएको छ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर शुक्रवार लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो।
सहकारी पीडितलाई न्याय देउ, अधिनायकवादी सरकार मुर्दाबाद, तिमीले गर्ने छल छाम हामी युवालाई बदनाम लगायत लिखित प्लेकार्ड नारासहित नेता,कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन्।
रास्वपा जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा शनिबार भैरहवाको बुद्धचोकमा विरोध सभामा नेताहरुले वास्तविक सहकारी ठगलाई कारवाहीको नभएको तर, राजनीतिक प्रतिशोध राखेर रवि लामिछानेलाई पक्राउ गरिएको दावी गरे।
विरोध सभामा जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, बुटवल उपमहानगरपालिका सभापति राजन पाण्डे, तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायत पार्टीका नेता, कार्यकर्ताहरु सहभागी थिए।

