
काठमाडौं,४कार्तिक। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ। प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
गत भदौ २५ र २६ गते पूरक परीक्षा लिईएको थियो।एक लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए। तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने २ जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कक्षा १२ को मौका परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ।

