

भैरहवा, १७ कात्तिक। रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाको कार्यालयले पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका मिठाई व्यवसायीलाई बिक्रीका लागि राखिएका मिठाईको विवरण अनिवार्य रुपमा देखिने गरी राख्न निर्देशन दिएको छ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै मिठाईको गुणस्तर, स्वच्छता तथा उपभोक्ताको हित संरक्षणका लागि बिक्री काउन्टर वा मिठाई राख्ने सोकेसमा आवश्यक विवरण स्पष्ट रुपमा उल्लेख गर्न निर्देशन दिएको हो।
Advertisement

Advertisement
Advertisement
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको पत्रअनुसार गाउँपालिकाले मिठाईको नाम, प्रयोग गरिएका मुख्य सामग्री तथा मिश्रण, प्रयोग गरिएको तेल/घिउको प्रकार र नाम, उपभोग गर्नुपर्ने मिति र प्रतिकिलो मूल्य अनिवार्य रुपमा राख्न निर्देशन दिएको छ।
गाउँपालिकाले खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्नु सम्बन्धित व्यवसायीको दायित्व भएको उल्लेख गर्दै खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ।
निर्देशनको पालना नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईद्वारा दस्तखत गरिएको पत्रमा उल्लेख छ।
हेर्नुहोस् सूचना :






