
भैरहवा, ५ कार्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले उद्योगी व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सुरु गरेको छ।
नगर क्षेत्रभित्र रहेका उद्योग एवंम व्यवसाय फर्मको दर्ता, व्यवसाय कर, नविकरण सम्बन्धी सबै सेवा वडा, टोलबाट प्रदान गर्ने गरी शिविर सचांलनमा ल्याईएको नगरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार आईतबारबाट सुरु गरिएको शिविर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा सचांलन हुनेछ। शिविर सबै वडास्तरमा संचालन गरिनेछ।
शिविर आईतबार वडा नम्बर ७ मा सुुरुवात गर्दै सिद्धार्थनर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले दर्ता, ईजाजत नलिई सचांलन भैरहेका वा लामो समय देखि नविकरण नगरेका व्यवसायीलाई घुम्ती शिविर मार्फत लाभ लिन आग्रह गरे ।
उनले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर बक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्तसम्मको लागी लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमानै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गरे।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगरको १६औं नगरसभावबाट स्वीकृत नीति तथा कार्यक्रम बमोजिम आर्थिक वर्ष २०८१/०८२ लाई कर सहभातिा बर्ष घोषणा गरिएको र यसलाई प्रभावकारी बनाउन शिविर सचांलन गरीएको बताए ।

