
बर्दिया, ७ कार्तिक। बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ। ‘म बनाउछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलनले स्थानिय रोजगार रणनीति निर्माण गर्ने बताइएको छ।
बाँसगढी नगरपालिकाको आयोजनामा भएको युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरुलाई उद्यमशिलतामा जोड्नेगरी प्रदेश सरकारले तीन स्थानीय र संघीय सरकार संग समन्वय गर्ने बताए।
Advertisement

Advertisement
Advertisement

‘युवाहरुको रुची र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्छ। स्वदेशमै उद्यमशिलताको अवसरहरु सृजना गर्न सरकार तयार छ’उनले भने,‘सिप सिकाउने र उद्यमशिलतामा जोड्ने कुरामा हामी प्रतिबद्ध छौं। म भन्न चाहन्छु युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको विचमा समन्वय र सहकार्य हुन जरुरी छ ।’
उनले स्वरोजगार र उद्योग व्यवसायमा संलग्न हुन आग्रह गरे। ‘यो मुलुकको भोली उद्योगपती बन्न सक्नुहुन्छ, त्यो हैसियतको ल्याक्त राख्नुहुन्छ । त्यस मानेमा अग्रसर भएर लाग्नको निम्ति हार्दिक आग्रह र अनुरोध गर्न चाहन्छु’उनले भने,‘तपाईहरुको साथमा प्रदेश सरकार छ। संघीय सरकार छ र स्थानीय सरकार छ। स्थानीय सरकारले विभिन्न रचनात्मक कामहरु अगाडी बढाउदै आएको छ ।’
बाँसगढी नगरपालिकाका पाँच सय युवाहरुको सहभगितामा संचालितमा सम्मेलनमा विभिन्न बिषयमा छलफल गरी योजना निर्माण गरेर सम्मेलन सकिने छ ।

