
भैरहवा,१० कार्तिक। नेपाल विद्युत प्राधिकरणले रुपन्देहीका १८ वटा उद्योगहरुको विद्युत लाइन काटेको छ।
प्राधिकरणले विद्युत महशुल भुक्तानी नगरेको भन्दै डेडिकेटेड तथा ट्रंक लाइन विवादमा रहेका रुपन्देहीका १८ वटा उद्योगहरुको बिहीवार राति विद्युत लाइन काटेको हो। मुलुकमा उद्योगहरुको लाइन काटिएको मध्ये सबैभन्दा धेरै रुपन्देही जिल्लाका उद्योगहरुको लाइन काटिएको छ।
Advertisement

Advertisement
Advertisement

माग र प्रयोग नगरेको डेडिकेटेड तथा ट्रंक लाइनको नाममा पठाइएको बिलको आफुहरुले भुक्तानी गर्न नसक्ने उद्योगीहरुले बताउँदै आएका छन्।
नेपाल विद्युत प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले मुलुकभरिमा लाइन काटिएका ३४ वटा उद्योगमध्ये २३ वटा लुम्बिनी प्रदेशका रहेको बताए । उनका अनुसार विद्युत लाइन काटिनेमा रुपन्देही जिल्लाका १८ वटा छन् ।
प्राधिकरणलाई भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानीका लागि सबै बिरतण केन्द्रबाट पत्राचार भैरहेको र तोकिएको अन्तिम दिन बिहीवारसम्म पनि भुक्तानी नगरिएका उक्त उद्योगको विद्युत लाइन काटिएको उनले जनाए।
विद्युत लाइन काटिएका उद्योगहरुमा परासी बितरण केन्द्र अन्र्तगतका सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, लक्ष्मी स्टिल छन्बु, टवल बितरण केन्द्र अन्तर्गतका २ वटा जि.बि.टेक्सटाइल उद्योग छन् ।
त्यस्तै प्राधिकरणको अमुवा बितरण केन्द्र अन्तर्गतका अर्घार्खाची सिमेन्ट लिमिटेड र बिशाल सिमेन्ट छन् । भैरहवा बितरण केन्द्र अन्तर्गतका एभरेष्ट रोलिङ मिल, बिनायक स्पात प्रालि, जगदम्बा सिन्थेटिक्स, एसआर फुड्स, घराना फुड्स र सिद्धार्थ पेटप्लाष्ट उद्योग छन् ।
नयाँमिल बितरण केन्द्र अन्तर्गतका गोयन्का फुड्स रुपन्देही, भलवारी स्वचालित चामल कारखाना, श्याम प्लाष्टिक उद्योग, पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल इण्डष्ट्रिज र शुभ लक्ष्मी पोलिमर्श उद्योग छन् । दाङमा सोना सिमेन्ट र घोराही सिमेन्टको लाइन काटिएको छ ।
प्राधिकरणले उद्योगहरुमा लाइन काटेपछि नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै लाल आयोगको प्रतिवेदन नै समस्या समाधानको उपाय भएको जनाएको छ।

