
भैरहवा, २१ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सचिवमा रुपन्देहीका जैनुद्दीन देवान मनोनित भएका छन् । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले उनलाई सचिवमा मनोनयन गरेका हुन् ।
त्यस्तै अध्यक्ष मिश्रले रुपन्देहीका अजय कुमार जैसवाललाई लोकतान्त्रिक विद्यार्थी संघको उपाध्यक्ष, उमेश अग्रहरीलाई सह महासचिव तथा रुपन्देहीकै धिरज पाल, अमन बनिया, आकाश यादव र जीवन तिवारीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
Advertisement

Advertisement
Advertisement

संघको संशोधित विधान अनुसार विभिन्न जिल्लाका विद्यार्थी नेताहरुलाई पदाधिकारी तथा सदस्यहरुमा मनोनयन गरिएको छ ।

