Close Menu
    What's Hot

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:५७ गते0
    विशेष

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:३० गते0
    अर्थ

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:०७ गते0
    अर्थ

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १३:४६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही सुपरलिगः लुम्बिनी २५ रनले विजयी
    खेलकुद

    रुपन्देही सुपरलिगः लुम्बिनी २५ रनले विजयी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक २७, मंगलवार २१:२० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २७ कार्तिक । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुद्ध क्रिकेट क्लबलाई पराजित गर्दै लुम्बिनी शाक्यन क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनीले बुद्धलाई २५ रनले पराजित गर्दै जित निकालेको हो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ४६ रन बनायो । उसका लागि विष्णु थापाले ३२, जावेद खानले २९, अजमत अलीले २३ र संजय राजभरले १३ रन जोडे । बलिङमा बुद्धका अजित यादव र अजय त्रिपाठीले ३–३ तथा अमित अग्रहरीले २, अनुज चौहान र प्रवेज अन्सारीले १–१ विकेट लिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    १ सय ४७ रनको लक्ष्य पछ्याएको बुद्ध ३० ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २१ रनमा समेटियो । उसका लागि प्रवेज अन्सारीले ३४, रामकृष्ण यादवले अविजित ३१ र अजित यादवले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनी शाक्यनका बैतुल्लाह खानले ४, अहम्मद खान र विष्णु थापाले २–२ तथा अजमित अली र संजय राजभरले १–१ विकेट हात पारे । खेलमा लुम्बिनी शाक्यनका बैतुल्लाह खान प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने छन् ।

    सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट भैरहवा रुपन्देही सुपरलिग क्रिकेट सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    २०८३ कार्तिक १७, सोमबार १३:४६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.