
भैरहवा, २८ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई उन्नत गहुँको बीउ बितरण सुरु गरेको छ ।
नगरपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई उन्नत गहुँको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउबिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धि गर्ने उद्देश्यले बिउ बितरण गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

बजारमा पाइने कमसल खालका बिउ लगाउँदा दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षित गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरिएको उनले बताए ।
कृषकको कृषियोग्य जमिनको आधारमा कम्तिमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागिएको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार बितरणका लागि कृषि सामाग्री कम्पनीबाट आठ सय बोरा मल ल्याइएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैयाँ पर्छ भने यसमा नगरपालिकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।

