
भैरहवा, ७ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँच तारे टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन काठमाडौंको सोल्टी होटल एण्ड रिसोर्टले गर्ने भएको छ । जसका लागि दुवै रिसोर्टबीच शुक्रवार सम्झौता भएको छ ।
सोल्टी होटल्स एण्ड रिसोर्ट्स अर्न्तगत रहेको सोल्टी होटलले सम्झौता भएसँगै अब टाइगर प्यालेस रिसोर्टलाई टाइगर्स र प्यालेस वाई सोल्टीको नाम र ब्राण्डबाट व्यवस्थापन तथा सञ्चालन गर्ने बताइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement


सोल्टी होटल्स एण्ड रिसोर्ट्सले भैरहवा क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै नेपालमा लक्जरी आतिथ्यताको अग्रणीयतामा आफ्नो स्थानलाई सुदृढ पार्दै यो सहकार्य एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने जनाएको छ ।

