Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » क्रिकेटर तृष्णालाई ओमसतिया गाउँपालिकाको सम्मान
    खेलकुद

    क्रिकेटर तृष्णालाई ओमसतिया गाउँपालिकाको सम्मान

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर ७, शुक्रबार १८:३१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ७ मंसिर। महिला तर्फको यू-१९ किक्रेट खेलको विश्वकप खेल्नका लागि छनौट भएकी नेपाल टिमका सदस्य तृष्णा विश्वकर्मालाई सम्मान गरिएको छ ।

    विश्वकर्माको गृहक्षेत्र ओमसतिया गाउँपालिका कार्यालयले शुक्रवार दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । हालै युएईमा सम्पन्न विश्वकप छनौट खेलमा नेपाली महिला टिम छनौट हुँदा विश्वकर्मा सो टिममा सदस्य थिइन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सम्मान कार्यक्रममा आफ्ना बुवा,आमा सहित उपस्थित भएकी ओमसतिया गाँपालिका-१ नयाँ गाउँको विश्वकर्मालाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रशासन प्रमुख रूपा थापा राउत लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।

    खेलाडी विश्वकर्माले सम्मानले आफुलाई थप उत्साह र हौसला प्राप्त भएको भन्दै विश्वकपमा नेपाली महिला टिमले राम्रो प्रदर्शन गर्ने बताइन् ।

    सम्मान गर्दै गाउँपालिका अध्यक्ष यादवले विश्वकर्माले क्रिकेटको माध्यमबाट गाउँपालिकाको नाम पनि चम्काएको बताउँदै विश्वकप क्रिकेटमा छनौट हुन सफल आफ्नै गाउँको छोरीलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे । उनले खेलकुद क्षेत्रलाई अघि बढाउन सधै सहयोग रहने भन्दै क्रिकेट खेलमा छोरीलाई अघि बढाएकोमा तृष्णाको बुवा र आमालाई समेत बधाई दिए ।

    गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आफ्नै गाउँमा राष्ट्रिय स्तरको क्रिकेट खेलाडी रहेको र अहिले उनलाई सम्मान गर्न पाउदा हर्षित भएको जनाइन् । उनले तालिम र अवसर पाए महिलाहरूले पनि राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण तृष्णाले देखाएको भन्दै खेल क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको जनाइन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले क्रिकेटले गाउँपालिकालाई चिनाएको भन्दै खेल क्षेत्रलाई अघि बढाउन गाउपालिका प्रतिबद्ध रहेको बताए । उनले सम्मानित खेलाडीको हौसलाकै लागी सानै रुपमा भए पनि सहयोग गरेको जनाउँदै भविष्यमा पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे। 

    तृष्णाका वुवा चन्द्रबहादुर विश्वकर्माले छोरीले मेहनत गरे अनुसारको प्रतिफल प्राप्त गरेको बताए। गाउँपालिका कार्यालयको प्रशासन शाखा प्रमुख रुपा थापा राउतको संचालनमा सम्पन्न भएको कार्यक्रममा योजना शाखा प्रमुख सरस्वती घिमिरेले स्वागत मन्तव्य दिएकी थिईन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ओमसतिया गाउँपालिका किक्रेट तृष्णा विश्वकर्मा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.