
काठमाडौं, १० मंसिर । ललितपुरको जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीका एसपी कमल थापाविरुद्ध थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालयले सोमबार थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो।
Advertisement

Advertisement
Advertisement

केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा प्रहरी निरीक्षक बिनु शाहीसहित आइतबार जिल्ला अदालत ललितपुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। यो घटनामा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आपराधिक लाभ र संगठित अपराधको कसुरमा ६ जनालाई प्रतिवादी बनाएको हो ।
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले एसपी थापा माथि अनुसन्धान भइरहेको र अनुसन्धान सकिए पश्चात आर्कषित हुने कसुर अनुसार प्रक्रिया अगाडी बढाइने बताए ।
थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ। ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गरी प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको हो।
भैंसेपाटी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक शाहीसहितले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै २० लाख रुपैयाँ असुलेको आरोप छ ।
मुद्दा दायर भएकामा शाही, दर्शन पोखरेल, सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज इस्लाम र भीमादेवी थापा छन्। शाही र पोखरेल फरार छन्। थापाले हनी ट्रयाप प्रकरणमा इस्लामलाई भैंसेपाटीकी इन्स्पेक्टर शाहीसँग ‘कनेक्सन’ गराइदिएको आरोप छ। थापा कञ्चनपुरमा एसपी हुँदा शाही उनीसँगै काम गर्थिन्।
एसपी थापाले भने घटनाका मुख्य योजनाकार ताजसँग भेट गरेको को स्वीकार गरेका छन् । सीआईबीले एसपी थापा र ताजको काठमाडौं विमानस्थल अगाडी करिब आधा घण्टा भएको भेटको सीसीटीभी फुटेज देखाएर बयान लिएको थियो । त्यसपछि एसपी थापाले ताजलाई भेटेको स्वीकार गरेका हुन् ।

