
भैरहवा, १० मंसिर । नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका प्रहरीलाई स्पष्टिकरण सहित उपस्थित हुनका लागि सूचना जारी गरेको छ । विभिन्न पदमा कार्यरत प्रहरी आफुखुशी गैरहाजिर भएको र खोजतलास गर्नुका साथै प्रक्रिया अनुसार सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएकोले उपस्थित हुनका लागि प्रधान कार्यालयले सोमबार सूचना जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले जारी गरेको सूचना अनुसार ०८१ भदौ देखि ०८१ कार्तिकसम्म कार्यालय सहयोगी देखि लिएर प्रहरी नायब निरीक्षक तहसम्मका कर्मचारीहरु सगँठनको सम्पर्कमा छैनन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सबैभन्दा बढी प्रहरी जवान सम्पर्कबिहिन छन् । प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २८ जना कर्मचारीहको नामसहितको विवरण सार्वजनिक गर्दै उपस्थित हुन निर्देशन दिएको हो । सात दिनभित्र उपस्थित नभए प्रक्रिया अनुसार सेवाबाट हटाउने कारबाही गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस जारी गरिएको सूचनाः


