
काठमाडौ, १२ मंसिर । नेपाल विद्युत प्राधिकरणले तत्काल उद्योगहरुको बिजुली नकाट्ने भएको छ। बुधवार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुको बिजुली नकाट्ने निर्णय गरेको हो।
विद्युत् नियमन आयोगले उद्योगहरुको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछि बोर्डले यस्तो निर्णय गरेको बताइएको छ।
Advertisement

Advertisement
Advertisement

बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए।
नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने राय दिएको छ।
प्राधिकरणले एक महिनाअघि उद्योगहरुले बक्यौता रहेको उद्योगहरुका विद्युत कटौती गरेको थियो।

