
दाङ,१३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा बिशेष ध्यान दिन दिर्नेशन दिएका छन् ।
प्रदेश विकास समस्या समाधान समितिको बिहीवार बसेको बैठकमा बोल्दै मुख्यमन्त्री आचार्यले प्रतिफल दिने खालका योजनाहरुलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘जुन काममा हात हाल्छौं । त्यसबाट परिणाम आउनुपर्छ । प्रतिफल आउने योजनाहरुलाई बिशेष जोड दिएर अघि बढाऔं’, मुख्यमन्त्री आचार्यले भने, ‘५-७ लाख रुपैयाँका आयोजना छन । तर, त्यसले प्रतिफल दिँदैन भने कार्यान्वयन नगरौं । रातो कितावमा लेखिएको भएपनि त्यसले उपलब्धि दिदैन भने कार्यान्वयन गर्न जरुरी छैन ।’
प्रदेश सरकारले अघि बढाएका आयोजना समय सिमा भित्रै सम्पन्न गर्नेगरी भूमिका बढाउन मन्त्रालय तथा मातहतका नियकालाई दिर्नेशन दिए ।
‘समय तोकिएको छ । त्यस भित्र काम सम्पन्न गर्न जिम्मेवारी पुरा गर्नुहोस्’, उनले भने, ‘यहाँबाट समाधान गर्न सकिएका समस्या यहाँबाट समाधान गरौं । नसकेका योजनाको बारेमा राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाऔं ।’
प्रदेश समस्या समाधान समितिको बैठकबाट गत आर्थिक बर्ष २०८०-०८१ म वित्तीय हस्तान्तरण शीर्षक अन्तर्गत संघीय सरकारबाट विनियोजन भएको वित्तीय समानीकरण अनुदानको प्राप्त हुन बाँकी रहक संघीय सरकारबाट प्राप्त हुनुपर्ने बिषय प्राथमिकताका साथ उठाइएको छ । यो समस्यालाई राष्ट्रिय विकास समस्या समाान समितिमा पठाउनेगरी प्रदेश विकास समस्या समाधान समितिको बैठकले अघि बढाएको हो ।
‘प्रदेश विकास समस्या समाधान समितिले समाधान गर्न नसकेका समस्याहरुलाई राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउँदै संघीय सरकारको गम्भिर ध्यानाकर्षण गराउँछौं’, उनले भने, ‘प्रदेशमा स्रोतहरुको अभाव छ । संघीय सरकारबाट प्राप्त हुने शसर्त अनुदानको रकम घटाई वित्तिय समानीकरण अनुदानको रकम बढाउनुपर्छ भनेर पनि उठाएका छौं ।’
प्रदेश सरकारले थालेका तर, सम्पन्न हुन नसकेका योजनाहरुको अध्ययन गरेर सम्पन्न गर्ने तर्फ समेत मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराए । चिस्यान केन्द्र, सांस्कृतिक डबली, रिफ्रेस सेन्टर लगायतका आयोजना सुरु भएको, कतिपय अवस्थामा सम्पन्न नभएको, सम्पन्न भएपनि प्रयोगमा नआएको भन्दै यसमा गम्भिर ध्यान दिन अनुरोध गरे ।
‘जुन सरकारको पालामा अघि बढेको भए पनि ति आयोजना प्रदेश सरकारका हुन । ति आयोजनालाई सम्पन्न गर्न, प्रयोगमा ल्याउन योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ’, उनले भने, ‘आयोजनाहरु बन्ने तर, प्रयोगमा नआउने समस्या समाधान हुनु पर्छ ।’ प्रदेश सरकारको कामलाई तिब्रता दिन सबैले ‘गेर’ बदल्नुपर्नेमा जोड दिए ।

