
दाङ, १३ मंसिर। प्रदेश विकास समस्या समितिको बैठकले २४ वटा समस्याको पहिचान गरेर राष्ट्रिय विकास समस्या समितिमा पठाएको छ ।
बिहीबार दाङमा बसेको बैठकले संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदानको रकम प्राप्त हुन नसकेको बिषय प्रमुखताका साथ उठाइएको छ । बिहीबार दाङमा बसेको बैठकले समस्या समितिमा पठाएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रदेश सरकारले गत बर्षको झण्डै साढे दुई अर्ब दायित्व भुक्तानी गर्न बाँकी छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदानको रकम नपठाउँदा प्रदेशले आर्थिक संकट भोग्नु परेको छ । सशर्त अनुदानको रकम घटाएर वित्तीय समानीकरण अनुदानको बजेट बढाउने बिषयलाई प्रमुखताका साथ उठाइएको हो । साझा अधिकारका सूचीको कार्य बाँडफाँड र प्रहरी समायोजनाको बिषयलाई पनि उठाइएको छ ।
साझा अधिकार सूचीमा रहेका बिषयमा कार्य बाँडफाँडमा स्पष्ट मापदण्ड बनाई लागु गर्ने र प्रहरी समायोजनको कुरा छिटो टुंगो लगाउनुपर्ने, प्रदेश र स्थानीय तहमा कर्मचारी परिचालनको सन्दर्भमा प्रमुख प्रशासनिकय अधिकृत प्रदेशले पठाउनेगरी व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनमा प्रक्रियागत बिषयमा अधिकार प्रत्यायोजन हुनुपर्ने बिषयलाई उठाईएको छ ।
वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनका प्रक्रियागत बिषयमा प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने बिषय उठाइएको हो । आयत हुने कृषि उपजको नियमन गर्ने बिषय पनि उठाईएको छ ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन सम्वन्धि कानूनी व्यवस्था सुधार गर्नुपर्ने, सडक निर्माण, विस्तार र सुदृढिकरणमा संघीय सरकार र विद्युत प्राधिकरण संगको समन्वय प्रभावकारी नहुदा समस्या समाधान गर्नेगरी काम अघि बढाउनुपर्ने, उद्योग दर्ता र जग्गा प्राप्तीको अधिकार प्रत्यायोजन गरिनुपर्ने बिषय उठाइएको छ ।
दायित्व भुक्तानी प्रक्रिया पुस मसान्तबाट अघि बढाइने
प्रदेश विकास समस्या समाधान समितिको बैठकले प्रदेश सरकारले अघि बढाएका विभिन्न १६ वटा बिषयलाई प्राथमिकतामा राख्दै समस्या समाधान गर्नेगरी अघि बढाइने भएको छ । बहुबर्षिय ठेक्का सम्वन्धि मापदण्ड पुस मसान्त भित्र तयार पार्ने समय तोकिएको छ ।
साल बसारी रुपमा हुने कुल दायित्य र योजनाको एकिन मंसिर मसान्त भित्र गर्ने र पुस मसान्त भित्र बहुबर्षिय ठेक्का सम्वन्धि मापदण्ड पुरा गर्ने, परिणाममुखी आयोजना कार्यान्वयनलाई जोड दिइएको छ ।
स्रोतको अधिकतम सदुपयोग गरी बार्षिक बजेट तथा कार्यक्रममा परेका योजना तथा कार्यक्रम सञ्चालन गर्दा अपेक्षित परिणामलाई मध्यनजर गरेर मत्र मितव्ययी तरिकाले आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, प्रदेशको कर्मचारी व्यवस्थापन गर्न विस्तृत संगठन तथा व्यवस्थापन सर्वेक्षण फागुन मसान्तसम्म समपन्न गरी कर्मचारीको पदपूर्ती तथा पदस्थापन गर्ने कार्यलाई तिब्र पार्ने निर्णय गरिएको छ ।
त्यस्तै सडक निर्माण क्षेत्र सम्वन्धमा प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गर्ने, जुन कार्यदलले फागुन मसान्त भित्र प्रतिवेदन पेश गर्ने, एकिकृत शहरी पूर्वाधार निर्माण सम्वन्धि कार्यविधि फागुन मसान्त भित्र तर्जुमा गरिसक्ने निर्णय गरिएको छ ।
बहुबर्षिय आयोजनाको रुपमा स्वीकृत तथा स्रोत सुनिश्चित भएका आयोजना मात्र कार्यान्वयन गर्ने निर्णय भएको छ । बहुबर्षिय आयोजनाको रुपमा स्वीकृत तथा स्रोत सुनिश्चित नभए सम्म बार्षिक बजेटमा विनियोजित रकमभन्दा बढी दायित्व सृजना हुनेगरी कुनैपनि आयोजना तथा कार्यक्रम कार्यान्वयन नगरिने भएको हो ।
गत बर्षको दायित्व भुक्तानी हुन बाँकी आयोजनाहरुको रकम भुक्तानीको प्रक्रिया पुस मसान्तभित्र अघि बढाउने, निर्मित पूर्वाधारहरुको सदुपयोगमा बिशेष जोड दिइएको छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष संयोजक रहनेगरी सडक, चिस्यान केन्द्र, रिफ्रेस सेन्टर, सांस्कृतिक डवली लगायत उपयोग नभएका वा न्यून उपयोग भएका पूर्वाधारहरुको अवस्था एकिन गर्नगरी उपयोग बढाउन, हस्तान्तरण र आर्थिक सामाजिक गतिविधि संग जोड्न बिषयमा अध्ययन गरी फागुन मसान्तसमम मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।
प्रदेशको कामलाई प्रतिफलसँग जोडौं
प्रदेश विकास समस्या समितिको बैठकले प्रदेशको विकास निर्माणको कामलाई प्रतिफल र उपलब्धि संग जोड्नेगरी विभिन्न महत्वपूर्ण बिषयहरु उठान गरेको छ ।
प्रदेशबाट कार्यान्वयन हुने र राष्ट्रिय स्तरमा उठाउनुपर्ने बिषयहरुको पहिचान गरेर सवालहरुको उठान गरेर कार्यान्वयन चरणमा लगिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा मन्त्री, सचिव, सल्लाहकार, विज्ञहरुले प्रदेश सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनेगरी सुधारका साथै प्राथमिकीकरणका बिषयमा धारणा राखेका थिए ।
बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले प्रदेशको आन्तरिक स्रोतलाई बलियो बनाउनेगरी राजश्वको दायरा बढाउनुपर्ने, कार्य सम्पादनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनुपर्ने बिषयहरु प्रस्तुत गरेका थिए ।

