
भैरहवा, १३ मंसिर । कृषकहरुको अहिले रासायनिक मल वितरण केन्द्र र भण्डारण केन्द्रहरुमा भीड छ । खेतमा मल हाल्नका लागि सबैकाम छाडेर उनीहरु मलको खोजीमा दौडधुपमा छन् । सरकारले प्रयाप्त मल उपलब्ध गराउन नसकेको दशकौ भयो । केहीले प्रहरीको लठ्ठी खाएर र केहीले हारगुहार गरेर लुकिछिपी मल भित्रयाउनुपर्ने बाध्यता छ । समयमा मल हाल्न नपाए अनेक समस्या झेल्नुपर्ने चिन्ताले कृषकहरुलाई सताएको छ ।
सरकारले उपलब्ध गराएको मल थोरै छ । माग उच्च छ । अनुदानको मल स्थानीय स्तरमा तोकिएको मल वितरण केन्द्रबाट वितरणमा पनि भेदभाव छ । वितरण केन्द्रका संचालक समितिहरुले आफ्नालाई मल वितरण गर्दा लाइनमा बसेका किसानहरु रित्तो हात फर्किनु परेको कयौं उदाहरणहरु छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यसैमाथी रासायनिक मलको बढ्दो प्रयोगले उत्पादित खाद्यन्नले स्वास्थ्यमा असर पार्ने गरेको छ । यसैबीचमा अब रासायनिक मल डीएपीको विकल्पको रुपमा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.ले रत्नम ब्राण्डको नामबाट अर्गानिक मल बजारमा ल्याएको छ ।
भैरहवाका व्यवसायी दम्पत्ति सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले ३० करोड रुपैयाँको लगानीमा रोहिणी गाउँपालिकाको कोटहवा स्थित ५ विघा क्षेत्रफल उद्योग संचालनमा ल्याएका हुन् । उद्योगद्धारा उत्पादाति दानाको रुपमा रहेको अर्गानिक मल बजारमा आएसँगै किसानले राहत पाउने विश्वास लिइएको छ ।मलमा सबै तत्वको आवश्यक घुलन भएकाले यसले कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
‘आवश्यक भएको बेलामा किसानहरुले मल नपाएको अवस्था छ र समयमै मल राख्न नपाउँदा किसानहरु अनेक समस्याबाट झेल्नु परेको अवस्था छ’, उद्योगका अध्यक्ष सिद्धार्थ अग्रवालले भने, ‘तर, अब हामीले समस्याको समाधान ल्याएका छौँ । किसानहरुले अब रासायनिक मलको साटो दाना भएको आर्गानि मलको प्रयोग गर्नुसक्नुहुनेछ । जुन मलबाट उत्पादिन खाद्यन्नले हाम्रो स्वास्थ्य समेत नकरात्मक असर गर्दैन ।’
कम्पनीले लुम्बिनी, गण्डकी, मधेश प्रदेशमा अर्गानिक मलको बजारीकरण भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा सुरुवात गर्न लागेको जनाएको छ । उद्योगको दैनिक उत्पादन क्षमता २ सय मेट्रिक टन भएपनि हाल दैनिक १ सय मेट्रिक भन्दा धेरै परिमाणमा आर्गानिक मलको उत्पादन भइरहेको जनाइएको छ ।
‘कोरोना कालमा मल अभाव र वस्तु आयातमा देखिएको समस्याले हामीलाई मल उद्योग खोल्न प्रेरणा मिलेको हो’, उद्योगका प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले भनिन्, ‘त्यसपछि हामीले उद्योग बनाउन सुरु गर्यौं । एक वर्ष सरकारबाट स्वीकृत लिनै समय लाग्यो । विगत एक वर्ष विभिन्न ठाउँ परीक्षण गर्यौं र सफल भएपछि बल्ल बजारमा पठाउन सुरु गरेका छौं ।’
रासायनिक मलको प्रयोगले विग्रिएको माटोको गुणस्तरलाई माथि उकास्न र उत्पादन बढाउन रत्नम अर्गानिक दानेदार मल फलदायी हुने उनको दावी छ ।
कौँशी तथा करेसावारीमा लगाइने तरकारी खेतीदेखि धान गहुँ मकैसहित अन्य व्यवसायिक मुख्य खाद्य बाली दाल, प्याज, लसुन, फल, रुख, तेलहन, उँखु चिया बगान जस्तालाई लक्षित गर्दै मल उत्पादन गरिएको हो । उत्पादित मल ५, २५ र ५० केजी तौल प्याकेजिङमा बजारमा पठाइएको कम्पनीले जनाएको छ ।
उद्योगले आफ्नो उत्पादित मल उद्योग परिसर, आसपासका पालिकाहरु र सयौं स्थानीय कृषकको खेतमा गरिएको परीक्षण सफल भएको ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिका प्रबन्ध निर्देशक अग्रवालले बताइन् ।
मुलुकमा बर्षेनि मलको अभाव हुने र रासायनिक मलको प्रयोगबाट माटोको उर्बराशक्तिमा आउने ह्रास तथा रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै ठूलो परिमाणमा अर्गानिक मलको व्यवसायिक उत्पादन थालिएको उनले जनाइन् ।
‘कृषि प्रधान मुलुक नेपालमा मलका लागि जहिले पनि बिदेशसँग निर्भर रहनुपर्छ र एक बोरा मलका लागि किसान दिनभरि लाइनमा बस्नु पर्ने बाध्यता छ’, उत्पादित मलका वारेमा बिहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले भने, ‘जसका कारण मलका लागि बर्षेनि अर्बौं रुपैयाँ बिदेशिने गरेको तथ्यलाई मध्यनजर गर्दै अर्गानिक मलको व्यवसायिक उत्पादन सुरु गरेका हौं ।’
उक्त मलमा नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, सल्फर, म्याग्नेसियम, फलाम, कार्बनिक पदार्थ, नमी र कार्बन नाइट्रोजनको मिश्रण छ । रासायनिक मलको तुलनामा रत्नम अर्गानिक मलको मूल्य धेरै सस्तो र गुणस्तरीय रहेको प्रबन्ध निर्देशक अग्रवालले बताइन् ।
‘रासायनिक मललाई बिस्तारै बिस्थापित गर्दै जाने लक्ष्य हाम्रो हो’,उनले भनिन्, ‘हाम्रो उत्पादनलाई स्थानीय किसान र सीमावर्ती भारतीय किसानबाट समेत ठूलो माग आउन थालेको छ ।’
रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिलाई नास गर्दै गएको र मानव स्वास्थ्यमा पार्ने गरेको असरकार वारेमा धेरैले ख्याल नगर्दा मानव स्वास्थ्यको अवस्था सानै उमेरदेखि नै गम्भिर र चुनौतीपूर्ण बन्दै जान थालेको उनले बताइन् ।
उनका अनुसार ५० किलो रासायनिक डीएपी मलको मूल्य करिब २ हजार ४ सय रुपैयाँ पर्ने गरेकोमा रत्नम अर्गानिक मलको मूल्य १ हजार ५ सय रुपैयाँमात्र छ । ‘यसैले पनि हामीले सस्तो, स्वस्थ जीवनका लागि र गुणस्तरीय रत्नम अर्गानिक मल प्रयोगका लागि सबैमा अनुरोध गरिरहेका छौं’, अग्रवालले भनिन्, ‘कम्तिमा दुई खेतीबालीमा प्रयोग गरेपछि यसमा सुखद् परिणाम आउँछ । यसैले स्वेदशी मल प्रयोग गरौं ।’
उनले आफ्नै र सरकारी प्रयोगशालामा परीक्षण गरेर मल बजारमा पठाउन गरेको जनाए । सरकारले स्वदेशी मलको प्रबद्र्धनका लागि विशेष नीति ल्याएमा सधैंभरी मलको अभावले किसानलाई भौतारिनु नपर्ने जनाइन् ।
बजारमा अर्गानिक मलका नाममा पूरामात्रामा पोषकतत्व नभएका मल विक्री भइरहेको जनाउँदै संचालकले यसलाई रोक्न समेत तीनै तहका सरकारसँग अनुरोध गरेका छन् । ‘स्वदेशी मललाई विश्वास गरेर केही समय प्रयोग गरेर हेरौं, रासायनिक मलको भन्दा राम्रो र गुणस्तरीय परिणाम आउँछ’, यसका लागि सबै किसानले स्वदेशी मललाई विश्वास गर्नुपर्ने हुन्छ’, अग्रवालले भनिन् । उद्योगमा ४० जनालो रोजगारी पाएको संचालकले बताएका छन् ।

