Close Menu
    What's Hot

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:५७ गते0
    विशेष

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:३० गते0
    अर्थ

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:०७ गते0
    अर्थ

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १३:४६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिता हुँदै
    खेलकुद

    भैरहवामा अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिता हुँदै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर १९, बुधबार १६:५५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १९ मंसिर । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्सको मुख्य प्रायोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी मंसिर २१ गतेदेखि पुस २ गतेसम्म प्र्रतियोगिता संचालन हुने जनाएको छ ।

    विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आफ्नो स्वर्गीय हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले विगत लामो समयदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    संघका कोषाध्यक्ष निरजप्रताप खाँणले प्रतियोगिताले तल्लो तहबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने जनाए । उनका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी हुनेछन् । खाँणका अनुसार प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ लाग्ने संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्रीले जानकारी दिए ।

    नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव एवं संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले स्कूल लेबलको खेलले नै भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए । यही स्कूल लेबलको क्रिकेट खेलका खेलाडीहरु कुशल भूर्तेल, कुशल मल्ल, देव खनाल लगायत आज राष्ट्रिय टिममा रहेको जनाउँदै उनले आगामी दिनमा पनि संघले गर्ने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास लिए ।

    प्रतियोगिताको ११औं संस्करणसम्म आइपुग्दा थुप्रै जुनियर र सिनियर टिमका खेलाडी उत्पादन भएको संघले जनाएको छ । संघका सदस्य एवं खेल संयोजक भरत थापाले निश्चित मापदण्डअनुसार खेलाडी समाबेश गरी प्रतियोगिता गराइने जनाए ।

    उनले स्कूल लेबलबाहेकका खेलाडी सहभागी नहुने भएकाले खेलको विशेष महत्व रहेको उल्लेख गरे । आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तर गर्ने जनाउँदै उनले सबैको सहयोगले संघले विगत लामो समयदेखि रुपन्देहीमा वार्षिक क्यालेण्डर बनाएर प्रतियोगिता गराउँदै आएको बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट भैरहवा रुपन्देही क्रिकेट संघ सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    २०८३ कार्तिक १७, सोमबार १३:४६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.