Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा ई-रिक्साको नियमन सुरु
    समाचार

    भैरहवामा ई-रिक्साको नियमन सुरु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २६, बुधबार १८:२८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २६ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतीको रुपमा देखिएका अटो, टेम्पो तथा ई-रिक्सा (तीनपांग्रे) सवारीसाधन व्यवस्थापनको लागि नियमन सुरु गरेको छ ।

    सरोकारवालाहरुको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो, टेम्पो तथा ई–रिक्सालाई व्यवस्थित गर्न नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापदण्ड अनुसार सिद्धार्थनगरमा बढीमा ५ सय अटो तथा ई–रिक्सा सञ्चालन गर्न पाउने व्यवस्था छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यसको लागि नगरपालिकाले पटकपटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई–रिक्सा दर्ता गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा दर्ता भएका ई–रिक्सालाई मात्र नगरभित्र सञ्चालन गर्न दिनको लागि नियमन सुरु भएको हो ।

    बुधबारदेखि एक हप्तासम्म नियमन गरिने र त्यसपछि अटेर गर्नेलाई कारवाही प्रक्रियामा अगाडी बढाइने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

    नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्ने, नगरलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागू गर्ने उदेश्यका साथ ई–रिक्साको नियमन सुरु गरिएको बताए ।‘सिद्धार्थनगरलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यका साथ हामी अगाडी बढेका छौँ । यसमा सबैको सहयोग आवश्यक छ,’ उनले भने ।

    नगर उपप्रमुख उमा अधिकारीले ई–रिक्सा व्यवस्थापनका लागि आफूहरु निर्वाचित भएर आएदेखि नै लागिपरेको र अहिले यो अभियान सफलता उन्मुख भएको बताइन् । उनले नगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ई–रिक्सा चलाउन सम्बन्धित सवारीधनीहरुलाई आग्रह समेत गरीन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले अटो, टेम्पो तथा ई–रिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रुपमा कार्यान्वयनमा लगिने भएकाले मापदण्ड पूरा गरेर मात्र तीनपांग्रे सवारीसाधन चलाउन आग्रह गरिन् । नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बीमालाई अनिवार्य गरिएको छ ।

    गैरनेपाली नागरिक र बिनादर्ताका अटो, टेम्पो तथा ई–रिक्सा सञ्चालनमा भने प्रतिबन्ध लगाइएको छ । मापदण्ड अनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्री सडकमा सञ्चालन गर्नुपर्ने, रुट इजाजत लिनुपर्ने, यात्रुसँग निर्धारित भाडा मात्र लिनुपर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनुपर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारीसाधनको अग्रभागमा राख्नुपर्ने लगायतका मापदण्ड छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इश्तियाक अहमद खाँ ई-रिक्सा भैरहवा सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.