
कन्चनपुर, ३० मंसिर । कन्चनपुर जिल्लाको बेलौरी नगरपालिका-४ शान्तिपुरमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गर सर्पको उद्धार गरिएको छ।
कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार आइतबार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ किलो ५८० ग्राम किलोग्राम तौलको छ।
Advertisement

Advertisement
Advertisement

उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिकाको वडा नम्बर ५ र ७ मा स्थित अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए।
उनका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरलाई समेत आहारा बनाउँछ। यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ।
यो प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ । समुन्द्री सतहदेखि १०० मिटरदेखि दुई हजार ५०० मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने गरेको बताइन्छ ।

