Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:०४ गते0
    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी महोत्सव सकियोः तीन लाख दर्शकले गरे अवलोकन, १० करोड कारोबार
    अर्थ

    लुम्बिनी महोत्सव सकियोः तीन लाख दर्शकले गरे अवलोकन, १० करोड कारोबार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २, मंगलवार ११:५७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २ पुस । रुपन्देहीको भैरहवामा आयोजित नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा सम्पन्न भएको छ । सुस्ताएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म १२ दिनसम्म महोत्सव संचालन भएको थियो । महोत्सवमा क्रेता–विक्रेताबीच प्रत्यक्ष भेटघाट भएको र यसले उद्योगी–व्यवसायी र उपभोक्ताबीचको सामिप्यतालाई अझै प्रगाढ बनाएको आयोजकले जनाएका छन् ।

    ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिकेको संघले दावी गरेको छ । महोत्सव समापनको अवसरमा बोल्दै संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मेलामा आन्तरिक र भारतीय गरी करिब ३ लाख दर्शकले अवलोकन गरेको जनाए । महोत्सवमा करिब १० करोड रुपैयाँको कारोबार भएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘सबै स्टल धनीहरुले आफ्नो बस्तु तथा सामान विक्री गर्नुभयो । यसबाट सबै स्टल धनीहरु उत्साहित भएको हामीले पाएका छौं’, उनले भने, ‘पक्कै पनि महोत्सवले बजारलाई केही समय चलायमान बनायो । निरास रहेका उद्योगी–व्यवसायीमा उत्साह थपेको छ ।’

    महोत्सवको समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सबै उत्पादनको एकै थलोमा प्रदर्शनी गरिँदा आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै ऐन, कानून सुधार र परिमार्जन गरेर भए पनि पर्यटकीय वातावरण बनाउनुपर्नेमा जोड दिए ।

    मन्त्री न्यौपानेले गौतमबुद्ध विमानस्थलमा दुईचार वटा जहाज उड्दैमा केही नहुने भन्दै कम्तिमा दैनिक ५० विमान उडान–अवतरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । ‘हामीले पर्यटनका कुरा गर्छौं, अर्बौं खर्चिएर बनाएको विमानस्थलमा विमान उड्दैनन् । नाकाका पर्यटकलाई सास्ती दिइन्छ’, उनले भने, ‘अब सुधार गरौं । पर्यटकमैत्री वातावरण बनाऔं । सबैले म-म भनेर काम गरे समस्या समाधान हुन्छ ।’ उनले विश्वका धेरै मुलुकले पर्यटनबाटै समृद्धि हासिल गरेको जनाउँदै नेपालले पनि यसका लागि काम गर्नुपर्ने बेला आएको जनाए । भैरहवामा आयोजित महोत्सवले निजी क्षेत्रमा आशाको संचार पैदा गरेको आफूले पाएको उनले बताए ।

    नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विशिष्टिकृत मेलामहोत्सवले आर्थिक गतिविधिलाई बढवा दिने जनाए । उनले राजनीतिक स्थिरता नहुँदा उद्योगी–व्यवसायी, आमनागरिकले समस्या भोगिरहेको जनाउँदै यस्तै अवस्था रहे सरकार पनि कठिन मोडमा पुग्न सक्ने बताए । लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले अहिले निजी क्षेत्र निराश बनिरहेको जनाउँदै पर्यटनका माध्यबाट यसलाई माथि उकास्नु पर्नेमा जोड दिए ।

    नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुसाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले स्वदेशी उत्पादनको प्रबद्र्धन र विकासका लागि महोत्सव कोशेढुंगा सावित भएको जनाए ।

    संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले नाफा कमाउने नभई सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको जनाए । ‘यो महोत्सवले सबै क्षेत्रमा आशाको संचार पैदा गरेको छ । यहाँ आएका सबै उद्योगी–व्यवसायी खुशी हुनुहुन्छ’, उनले भने, ‘सरकारी तहबाट पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने र समस्यामा साथ दिने हो भने अहिलेको सुस्ताएको आर्थिक अवस्थालाई माथि उठाउन सकिन्छ ।’

    संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सवमा मुलुकका ४० जिल्लाका उत्पादन प्रदर्शनी गरिएको बताए । ‘महोत्सवमा निःुशल्क माटो परीक्षण समेत भयो । महिलाहरुलाई स्वरोजगार बनाउन मेहन्दी लगाउने तालिम, भैरहवा आइडल र भ्वाइस अफ भैरहवा, नवउद्यमशीलता तालिम गरियो’, उनले भने, ‘महोत्सवले कृषि, पर्यटन, अटो मोबाइल्स, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरेको छ ।’

    समापनको अवसरमा र्याली, स्टल, भैरहवा आइडल, भ्वाइस अफ भैरहवा, मेहन्दी प्रतियोगिता, विद्यालयस्तरीय नृत्यमा उत्कृष्ट भएकालाई नगदसहित पुरस्कृत गरिएको थियो । महोत्सवमा स्थानीय खाना र उत्पादनलाई विशेष प्राथमिकता दिएर प्रदर्शनी गरिएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भैरहवा लुम्बिनी राष्ट्रिय महोत्सव सिद्धार्थ उद्योग बाणिज्य संघ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.