
काठमाडौ, ८ पुस । भक्तपुरको बालकोटमा बुबा र छोरा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारामा विगत ४ वर्षदेखि डेरा गरी बस्दै आएको उनीहरु आ–आफ्नै कोठामा मृत फेला परेका हुन् ।
मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रविन आचार्य रहेका छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

