
भैरहवा, १९ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित पक्लिहवा माध्यमिक विद्यालयमा निःशुल्क कपाल काट्ने कार्यक्रम गरिएको छ । युनिसेक्स सैलुन, भैरहवाको प्राविधिक सहयोगमा विद्यालयमा अनुशासन कायम राख्न र विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा छात्रतर्फ ५७ र छात्रातर्फ १ जना गरी कुल ५८ जना विद्यार्थीहरु कपाल काट्ने सेवाबाट लाभान्वित भएको विद्यालय प्रशासनले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले यस किसिमको कार्यक्रमले गाउँ घरका विपन्न परिवारका विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुग्ने र कार्यक्रमले विद्यालयको अनुशासन कायम राख्नमा टेवा पुग्ने भन्दै यसको निरन्तरतामा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको अध्यक्षता र शिक्षक देवीप्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका शिक्षक प्रकाश भूर्तेल, बासु घिमिरे, जेपी मिश्रा, राजकुमार तथा युनिसेक्स सैलुनका तर्फबाट सिर्जनाकुमारी बानियाँ, सफिक खान, शशिकला कुमारी लोध, निलम चौधरी लगायतको उपस्थिति थियो ।

