


भैरहवा, १९ पुस। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले केही दिन यता अनलाइन ठगीको घटना बढेपछि सर्वसाधरणहरुलाई सचेत रहन आग्रह गरेको छ ।
शुक्रबार सीआईबीले प्रेस विज्ञप्ती जारी गर्दै धोकापूर्ण तरिकाले प्रलोभनमा पारी अनलाइन ठगीको घटना बढेकोले त्यसबाट जोगिनका लागि सर्वसाधरणहरुलाई सचेत रहन आग्रह गरेको हो।

सामाजिक संजाल (फेसबुक, भाइबर, म्यासेन्जर, इन्सटाग्राम, टेलिग्राम, इमो, ह्वाट्स एप लगायत) को माध्यम विभिन्न तरिकाले र ईसेवा, खल्ती जस्ता वालेट तथा बैंक बित्तिय संस्थाबाट बोलेको भन्दै अनलाइ ठगी भइरहेको सीआईबीले जनाएको छ । ठगीबाट सजग रहनका लागि सीआईबीले सर्वसाधरणहरुलाई केही सुझाव समेत दिएको छ।
यस्तो छ सीआईबीको सुझावः (हेर्नुहोस् पत्र)


