
भैरहवा, २१ पुस। नेपाल प्रहरीका पूर्वप्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीलाई महान् राष्ट्रवादी र अडान भएको नेता भन्दै एमालेमा प्रवेश गरेका खनालले दुई वर्षमै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
आफ्नो राजनीतिक स्थितिबारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए ।
एमाले प्रवेश गरी गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट एमालेबाट उम्मेदवार भएका उनी रास्वपाका शिशिर खनालसँग पराजीत भएका थिए । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ मा भएको उपनिर्वाचनमा पनि उनी रास्वपाकै डा.स्वर्णिम वाग्लेसँग पराजीत भएका थिए ।


