
काठमाडौं, २३ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरेको छ । जसमध्ये तीन जना भारतीय र २९ जना महिला रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुले करिब २ महिनादेखि कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधी गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार पक्राउ परेकाहरुका साथबाट ८५ थान ल्यापटप र ८२ वटा मोबाइल बरामद भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

