Close Menu
    What's Hot

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:५७ गते0
    विशेष

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:३० गते0
    अर्थ

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:०७ गते0
    अर्थ

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १३:४६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगरमा पूर्वधारका ५९ योजना कार्यान्वयनमा
    अर्थ

    सिद्धार्थनगरमा पूर्वधारका ५९ योजना कार्यान्वयनमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २३, मंगलवार १३:४० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २३ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पूर्वाधार विकास तथा पूँजीगत रकम खर्चलाई तीव्रता दिएको छ । पूँजीगत बजेटको लक्ष्य हासिल गरी असारे विकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने काम अहिले धमाधम भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए ।

    पालिकाहरुमा खास गरी समयमै ठेक्का नखोल्ने र विभिन्न बहानामा बजेट फ्रिज गराउने समस्या छ । त्यस्ता समस्या रोक्न सिद्धार्थनगरले आर्थिक वर्षको सुरुवातदेखि नै ठेक्का लगाउने काम गरेको नगरप्रमुख खाँले बताए । नगरपालिकामा चालु आ.व.मा पूर्वाधार विकास शाखामा मात्रै ५९ वटा योजना कार्यान्वयनको चरणमा छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नगरपालिकाका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख साकार श्रेष्ठका अनुसार यी सबै निर्माणतर्फका योजना हुन् । योजनाहरु नगरका १३ वटै वडामा सञ्चालनमा छन् । सडक, ढल, नाला, भवन निर्माणतर्फका योजनाहरु कार्यान्वयनमा आएका हुन् । जसमध्ये वडा नम्बर ३ मा रहेको अधुरो तेक्वान्दो भवनमा थप पूर्वाधार निर्माण, वडा नम्बर ३ मा रहेको सिद्धार्थ बसपार्कको स्तरोन्नति र वडा नम्बर ११ मा बन्न लागेको कान्जी हाउस, शवदाहस्थल र पार्क निर्माण रहेका छन् । कान्जी हाउसमा छाडा पशु चौपायका लागि सेड र शवदाहस्थलतर्फ मलामी बस्ने प्रतिक्षालयका साथै जलाउने स्थानमा सेड निर्माण गरिनेछ ।

    त्यस्तै नगरका विभिन्न वडालाई जोडेर ६ दशमलव ५ किलोमीटर एकतर्फी नाला निर्माण हुँदैछ । सडकतर्फ ग्राभेल सडक पाँच दशमलव ७ किलोमिटर निर्माण हँुदैछ । सडकतर्फ आरसीसी सडक पनि निर्माण हुँदैछ । सार्वजनिक सम्पत्ति संरक्षणको लागि १ सय ४० मिटर लामो पर्खाल निर्माण पनि यसै वर्ष गरिदैछ ।

    विद्यालयतर्फ वडा नम्बर २ मा रहेको बहिरा बाल माध्यमिक विद्यालयमा चारकोठे भवनको तल्ला थप, वडा नम्बर ५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयमा चारकोठे भवनको छत ढलान र वडा नम्बर ११ स्थित भुजौली प्राविमा तीनकोठे तला थप्ने काम पनि धमाधम भइरहेको छ ।

    त्यस्तै वडा नम्बर १० मा रहेको सुर्यदेव माध्यमिक विद्यालयमा दुईकोठे भवनको छत ढलान, वडा नम्बर २ मा रहेको मेउडिहवा आधारभूत विद्यालयमा शौचालय निर्माण र वडा नम्बर ८ मा रहेको रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयमा पनि शौचालय निर्माणको काम भइरहेको नगरपालिका कार्यालयले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इश्तियाक अहमद खाँ पूर्वाधार विकास सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.