Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाको मौसम अझै केही दिन नखुल्ने
    फोकस लुम्बिनी

    भैरहवाको मौसम अझै केही दिन नखुल्ने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २३, मंगलवार १८:३५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२३ पुस। भैरहवा तथा आसपास क्षेत्रको मौसम अझै दुई-तीन दिन हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना रहेको छ।

    सोमबार घाम लागेपनि मंगलवार बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले छोपेको छ। दिउँसोदेखि शीतलहर चल्न थालेको छ । हुस्सु र शीतलहरसँगै चिसो बढेकाले यस क्षेत्रको जनजीवन प्रभावित छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘केही समय-समयका लागि मौसम खुलेपनि समान्यतया अझै दुई–तीन दिनसम्म मौसम सफा हुने अवस्था देखिँदैन’, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान शाखाका प्रमुख तथा मौसमबिद् सुभाष रिमालले भने, ‘त्यसपछिका दिनमा मौसम कस्तो रहन्छ भन्ने अहिले नै पूर्वानुमान गर्न सकिँदैन ।’

    मंगलबार बिहानै देखिको हुस्सु, कुहिरोका कारण भिजिविलिटी कम हुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाइ उडान समेत हुन सकेको छैन भने सडकमा सर्वसाधरण र सवारी साधनको संख्या समेत पातलिएको छ। अत्याधिक चिसोका कारण सडक किनारमा सर्वसाधरणहरुले आगो बालेर तापेका छन्। 

    मौसम शाखाका अनुसार मंगलवार भैरहवाको तापक्रम न्युनतम ११ देखि अधिकतम १५ डिग्री सेल्सियसका बीच छ । बाक्लो कुहिरोका कारण भिजिबिलिटी न्युनतम ९ सय र अधिकतम १ हजार २ सय मिटर छ ।

    ‘तापक्रम र भिजिविलिटी दुवै बढ्ने र घट्ने क्रम चलिरहेको छ’, प्रमुख रिमालले भने, मंगलवार दिउँसोपछि अझ प्रतिकुल बनेको छ ।’

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी बिनोद रावतले सामान्य अवस्थामा हवाइ उडान संचालनका लागि १ हजार ८ सय मिटरको भिजिविलिटी आवश्यक पर्नेमा त्यस अनुरुपको भिजिविलिटी नभएकाले हवाइ उडान हुन नसकेको बताए ।

    बुद्ध, यति र श्री एयरलायन्सले भैरहवा–काठमाडौं बीच दैनिक १८ देखि २० वटा र पोखराका लागि एउटा हवाइ उडान संचालन हुने गरेको छ । दैनिक सरदर २ हजार ६ सय जनाले यस विमानस्थल हुँदै हवाइ यात्रा गर्ने गर्छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा मौसम
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.