Close Menu
    What's Hot

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:५७ गते0
    विशेष

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:३० गते0
    अर्थ

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:०७ गते0
    अर्थ

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १३:४६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » साई ग्लोबल कप क्रिकेट: बुटवल कालिकाले उचाल्यो उपाधी
    खेलकुद

    साई ग्लोबल कप क्रिकेट: बुटवल कालिकाले उचाल्यो उपाधी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २६, शुक्रबार १७:२१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, पुस २६ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न १०औं साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि बुटवल कालिका क्याम्पसले उचालेको छ ।

    शुक्रवार भएको फाइनल खेलमा प्यारामाउण्ट कलेजलाई २२ रनले पराजित गर्दै कालिकाले उपाधि उचाल्न सफल भएको हो । उपाधिसँगै कालिकाले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडर र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको प्यारामाउण्टले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    फाइनलमा टस जितेर ब्याटिङ गरेको बुटवल कालिकाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय १७ रन बनायो । कालिकाका लागि प्रज्वल थापा र गगन अधिकारीले समान ३२–३२, रन्जित खड्काले १७ र सम्राट भुसालले नटआउट १७ रनको योगदान गरे । बलिङमा प्यारामाउण्टका शिव कुँवर, आशुतोष पाण्डे र सन्देश थापाले समान १–१ विकेट लिए ।

    ११८ रनको लक्ष्यसहित ब्याटिङ गरेको प्यारामाउण्टको सुरुवात भने खराब रहन पुग्यो । पहिलो २ ओभरमा उसका दुई खेलाडी ऋषभ बेल्बासे र सन्देश पन्थी २–२ रन बनाएर आउट भए । प्यारामाउण्टले १८ ओभर ३ बलमा ९५ रन बनाउँदा अलआउट भयो र उपाधि जित्नबाट चुक्यो ।

    प्यारामाउण्टका लागि सन्देश थापाले सर्बाधिक ३३ रन बनाउँदा तुलबहादुर थापाले १६ रन बनाए । त्यसैगरि अमन बोहराले १० रन बनाए । बलिङमा बुटवल कालिकाका प्रज्वल थापाले ३, विपिन भट्टराई र अभिशेष गौतमले समान २–२ तथा विवश खाती र कमल जैशीले एक–एक विकेट लिए । प्रज्वल थापा म्यान अफ द फाइनल भइ एक हजार रुपैयाँ पाए ।

    कालिकाका प्रज्वल उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याट्सम्यान समेत घोषित भई थप १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बुटवल कालिकाकै अभिशेष गौतम उत्कृष्ट बलर घोषित भइ ५ हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही लीलाराम न्यौपाने उच्च मावि अनुशासित टिम घोषित भई सम्मानित भयो ।

    विजेता र उपविजेता टिमलाई निवर्तमा सांसद प्रमोदकुमार यादव, सिद्धार्थ नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, साई ग्लोबल कलेजका प्रबन्ध निर्देशक दिनेशमान अमात्य, सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य लगायतले पुरस्कार वितरण गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना र भैरहवाको साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा जिल्लाका ३२ कलेजको सहभागिता रहेको खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट प्यारामाउण्ट कलेज बुटवल कालिका क्याम्पस भैरहवा साई ग्लोबल कप सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.