
भैरहवा,२७ पुस । भैरहवास्थित चारतारे होटल नान्स परिसरमा ‘क्याफे थट्टिन्थ स्ट्रिट’ संचालनमा आएको छ । आन्तरिक र बाह्यक पर्यटक समेत आउने उक्त होटलमा कफी र बेकरीका पारखीहरुलाई लक्षित गर्दै लगि ‘क्याफे थट्टिन्थ स्ट्रिट’ संचालनमा ल्याइएको हो ।
बिहानदेखि मध्यरात १२ बजेसम्म संचालनमा रहेको उक्त क्याफेमा कफी, खाजा र बेकरीका स्वाद लिन सकिने ‘क्याफे थट्टिन्थ स्ट्रिट’ का संचालक अभिनाश श्रेष्ठले बताए । ‘हामीले ४० जना बढीलाई एकैपटकमा सेवा प्रवाह गर्न सकिने गरी दुई वटा तलामा क्याफे संचालनमा ल्याएका छौँ’, उनले भने, ‘जसमा हामीले नाफा कमाउने भन्दा पनि पाहुनाहरु समक्ष गुणस्तरीय परिकार पस्किनमा ध्यान दिएका छौँ ।’
Advertisement

Advertisement
Advertisement

क्याफेमा क्यापिचिनो, अमेरिकानो, डबल अमेरिकानो, अराबिका, क्याफेमोचा, एक्सप्रेसो, लाते, आइस कफी, आइस अमेरिकानो, कोल्ड ब्रिउ, कफी टुर्किस, ड्रिप कफी, कोर्टाडो, फ्रापे, रेड आई, अफगाडो, आइरिस, रस्ट्रेटो, लुङ्गो, गलाउ, ड्रिपेड आई, ब्लेक आई, ग्रीन कफी, क्यारामेल फ्रापे, ग्लेस, कफी ब्रेभ, एक्सप्रेसो कन पन्नालगायत कफीका सयौं भेराइटी बनाएर पस्किने गरिएको छ ।
‘हामीले एकै ठाउँमा स्वदेशी अर्गानिकदेखि विदेशी स्वादका कफी उपलब्ध गराउने जर्मको गरेका छौँ’, श्रेष्ठले भने, ‘जसकारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु कफीको स्वाद लिन आइरहनुभएको छ ।’ दश जनाले रोजगारी पाएको क्याफेमा पिज्जा, नेवारी खाजा, मःम, चाउमिन, छोयला, मटनका थरिथरि परिकार, ब्रेड, टोसन, केक जस्ता परिकारको स्वाद लिन पनि आउने संख्या बढ्दै गएको उनको भनाई छ ।
पछिल्लो समयमा नेपालमा जन्मदिन, वार्षिकोत्सव लगायत खुशीयालीको अवसरमा केक खाने प्रचलन बढेकोले पनि विभिन्न प्रकारका केकको स्वाद चखाउने उद्देश्यले पनि थरिथरिका केके पनि बनाएर पस्किने गरिएको उनले जनाए ।

सुविधा सम्पन्न चारतारे होटलमा क्यासिनो समेत संचालनमा छ । यस्तै, विभिन्न खानाका परिकारसँगै नेवारी खाजासेट, थकाली खाना समेत होटलको सेवामा समेटिएको छ । त्यसैले पनि सबै सुविधा एउटै होटलमा लिन पाए पछि स्वदेशी तथा विदेशीहरुको रोजाई नान्स होटल पर्ने गरेको छ ।
हालमध्ये रातसम्म संचालन रहेको क्याफे केही दिनमा २४ घण्टा नै संचालनमा ल्याउने गरी तयारी भइरहेको संचालक श्रेष्ठले बताए । ‘धेरैले यहाँको स्वाद र परिकार मन पराउनु भएको छ’, उनले भने, ‘बेकरी आइटम होम डेलिभरीको व्यवस्था पनि गर्दैछौं । त्यसपछि २४ घण्टा नै क्याफे संचालन गर्ने छौँ ।’

