
भैरहवा, २८ पुस । रुपन्देहीको रोहिणी गाउँपालिकामा गाउँ शिक्षा समिति पुर्नगठन गरिएको छ ।गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले समितिमा तीन जना सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।
मनोनित सदस्यहरुमा धार्मिक विद्यालय (मदरसा) बाट हैदर अली, शिक्षविद्बाट कलामुद्दीन खाँ र विद्यालय व्यवस्थापन समितिबाट पोखरभिण्डी माध्यमिक विद्यालयका अध्यक्ष कान्छा कोहार रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

समितिका सदस्यहरुको कार्यकालको अवधि सकिएकाले बैठकले नयाँ सदस्यहरु मनोनित गरेको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए ।
‘समितिमा रहेका सदस्यहरु जसको कार्यकालको अवधि सकिएकाले छ, उहाँहरुको ठाउँमा नयाँ सदस्यहरुलाई मनोनित गरिएको हो’ घिमिरेले भने, ‘बाँकी सदस्यहरु (विद्यालयका प्रधानाध्यापक)बाट अर्को बैठकले मनोनित गर्नेछ ।’

